Synopsis
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Episodes
-
केही समय सरेको नेकपा विवाद, टरेर जाला ?
23/11/2020 Duration: 10minमंसिर ३ गतेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले प्रतिवेदन तयार पार्न १० दिनको समय मागेपछि कतिपय नेताहरुले भने पार्टिभित्रको समस्या, समाधानको बाटोतिर गएको टिप्पणी गर्न थालेका छन् ।
-
धान खरिदमा सरकारको ढिलाइ, मूल्यमा ठगिंदै किसान
22/11/2020 Duration: 03minनेपालमा पहिलो पटक बाली लगाउनु अघि नै धानको मूल्य तोकिँदा किसान खुसी थिए । तर तोकिएको मूल्यभन्दा निकै सस्तोमा धान बेच्नुपर्दा किसानको खुशी धेरै दिन रहन सकेन ।
-
सधैं उधारोमा उखु
17/11/2020 Duration: 03minसर्लाहीका राम आधार रायलाई उखु खेती गरेपछि भएको ऋण तिरौंला, छोरा छोरीलाई पढाउँला, व्यवस्थित जीवनमा सुखको हिस्सा जोडिएला भन्ने आशा थियो । तर भइदियो उल्टो । उखु खेती पनि गरियो, मिललाई बेचेर पैसा आउने हिसाब किताब पनि भयो । तर ऋणको भारीले भने झन झन थिच्यो ।
-
कोरोना विरुद्धको खोप, पहिलो चरणमा अग्रपङ्तिमा खटिनेहरूले प्राथमिकता पाउने
15/11/2020 Duration: 08minविभिन्न देशमा बनिरहेका खोपलाई सरकारले नजिकबाट हेरिरहेको र खरिदका लागि आवश्यक बजेटको तयारीमा जुटेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले १० देखि १२ अर्ब रकम भएमा पहिलो चरणमा खोप खरिदका लागि श्रोत पुग्ने अनुमान सरकारले गरेको बताउनुभयो ।
-
कोरोना विरुद्धको खोप, पहिलो चरणमा ग्रपङ्तिमा खटिनेहरूले प्राथमिकता पाउने
15/11/2020 Duration: 08minविभिन्न देशमा बनिरहेका खोपलाई सरकारले नजिकबाट हेरिरहेको र खरिदका लागि आवश्यक बजेटको तयारीमा जुटेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले १० देखि १२ अर्ब रकम भएमा पहिलो चरणमा खोप खरिदका लागि श्रोत पुग्ने अनुमान सरकारले गरेको बताउनुभयो ।
-
अमेरिकाको ४६औँ राष्ट्रपतिमा बाइडेन निश्चित
08/11/2020 Duration: 01minअफ्रिकी-दक्षिण एशियाली मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित
-
चाडबाड, चिसो र कोरोना : खानपानमा कसरी ख्याल गर्ने ?
02/11/2020 Duration: 04minअन्य वर्षहरुमा चिसोबाट बच्न पोषिलो र झोलिलो खानेकुरा खाने, न्यानो कपडा लगाउन चिकित्सकहरुको सुझाव हुन्थ्यो । तर यो वर्ष चिसोबाट मात्रै बचेर पुग्ने अवस्था छैन ।
-
काँग्रेस महाधिवेशन : तोकिएकै समयमा होला ?
02/11/2020 Duration: 02minमहाधिवेशन गर्दा नेताहरूको भीडभाड हुने र यसले कोरोना सङ्क्रमण फैलाउने भएकाले सार्नुपर्ने सभापति देउवा पक्षको तर्क छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने पदमा बसिरहने खेलका रुपमा महाधिवेशन सार्न खोजिएको बुझेको छ ।
-
कृषि तथा पशुपन्छी सम्बन्धि तथ्याङ्क व्यवस्थित गर्न स्थानीय सरकारलाई केन्द्रको बजेट
01/11/2020 Duration: 03minकृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीका अनुसार सफ्टवेयर करिब फाइनल हुने चरणमा छ । अब तालिमको तयारी भइरहेको छ । कहिले कहिले तथ्यांक अपडेट गर्ने, कसरी गर्ने भन्ने विषयमा सामान्य मार्गनिर्देशन पठाइएको छ, विस्तृत मार्गदर्शन बन्दैछ ।
-
वैकल्पिक शिक्षालाई सरकारको मान्यता, निल्नु न वकल्नुपर्ने विद्यार्थीको बाध्यता
12/10/2020 Duration: 05minवैकल्पिक शिक्षालाई सरकारको मान्यता, निल्नु न वकल्नुपर्ने विद्यार्थीको बाध्यता (अडियोसहितण)
-
चिकित्सक भन्छन्, निको भएकालाई होइन, गम्भीर भएकालाई हेरेर सावधानी अपनाऔं
08/10/2020 Duration: 03minडाक्टर पौडेलले भन्नुभयो, 'नेपालमा सङ्क्रमितको तुलनामा मृत्युदर निकै कम छ । त्यसकारण नागरिकले गम्भीर भएर सोचिरहनुभएको छैन । उहाँहरू मृतकको संख्या हेरिरहनुभएको भएको छ । यस्तो वेवास्ताले भोली भयावह अवस्था आउनसक्छ ।'
-
प्रेम सम्बन्धको आरोपमा हुम्लामा महिलालाई यातना
03/10/2020 Duration: 01minजिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको वडा नम्बर ७ ओख्रेनकी एक २३ वर्षिया किशोरीलाई देवर नाता पर्ने गाउँकै किशोरसँग सम्बन्ध राखेको आरोपमा गाउँलेले शुक्रबार दिउँसो एकै स्थानमा जम्मा भएर दिसा खुवाएका हुन् ।
-
बङ्गुर पालेरै लाखौं आम्दानी
22/09/2020 Duration: 01minबुढाथोकीले भन्नुभयो, ‘आनन्द भएको छ । क्षेत्रीको छोराले किन यो काम सुरु ग¥यो भन्ने प्रश्नहरू पनि आए । तर म काम गर्छु भन्ने भयो भने जातभात, लिङ्ग भेद केहीले पनि रोक्दैन रहेछ ।’
-
किबी फल झर्न थालेपछि सोलुखुम्बुका किसान चिन्तित
21/09/2020 Duration: 02minसोलुखुम्बुमा किबी खेतीको सम्भावना राम्रो भएकाले यसतर्फ किसानको आर्कषण बढेको छ । किबी फलको बजार पनि राम्रो छ । तर अहिले फल झर्ने समस्याले बजारै पु¥याउन नपाउने हो कि भन्ने चिन्ता किसानलाई छ ।
-
बाटो बिग्रिएपछि बाजुराको स्याउ बजार पुग्न पाएन
21/09/2020 Duration: 02minदेख्नमा अरुभन्दा राम्रो नभएपनि बाजुराको स्याउ स्वादिलो छ । त्यसैले बाजुराको स्याउको माग बजारमा राम्रो छ । कैलालीका पवन विष्ट बाजुराको स्याउ खानका लागि रसिलो र मिठो बताउनुहुन्छ ।
-
तरकारी खेती, पशुपालन र घरेलु उद्यममा पर्वतका युवाको आकर्षण
20/09/2020 Duration: 02minपौडेलले अगाडी थप्नुभयो, ‘अहिले चारवटा टनेलमा टमाटर फाइराखेको छु, एउटामा मिटर बोडी, तीनवटा टनेलबाटचाहिँ मैले नियमित टमाटरहरू टिपिराखेको छु भने एउटामाचाहिँ काक्रालाई फालेर भर्खर नयाँ टमाटर लगाएको छु । पोल्ट्री पनि छ मसँग अहिले, ८०० कुखुरा छ । प्लस यो टनेल गर्दा अहिले मैले वार्षिक ६ लाख आम्दानी गरिराखेको छु ।’
-
दाङको गढवामा व्यवसायीक रुपमा रेशम खेती
19/09/2020 Duration: 02minअरू समस्या आउँदा पनि बिचलित नभइ काम गरिरहेको बताउनुहुन्छ, अर्का किसान धनीराम पौडेल । रेशम उत्पादन राम्रो भए एक बिगाह जमिनबाट बर्षमा ४ लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।
-
कस्तो छ, मौलिक हक कार्यान्वयनको अवस्था ?
19/09/2020 Duration: 03minमौलिक हकले छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्था गरेको छ । संवैधानिक र कानुनी व्यवस्था भएपनि जातका आधारमा गरिने भेदभाव र विभेद अझै पनि हट्न सकेको छैन ।
-
कोभिड १९ ले परिवार योजना सेवा प्रभावित
18/09/2020 Duration: 03minतर प्रदेश नम्बर ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी परिवार नियोजनाका साधन अभावको विषयलाई अस्वीकार गर्नुहुन्छ । गिरीले भन्नुभयो, ‘गर्भपतनलाई मिनिमाइज, सकेमा शुन्यमा झार्नुपर्छ । सचेत नागरिकको रुपमा, युवायुवतिलाई पनि जानकारी गराउने, सम्बन्ध राख्नुपरेको खण्डमा सुरक्षित रुपमा परिवार नियोजनको साधन प्रयोग गर्ने, जो सर्वसुलभ रुपमा सबै ठाउँमा छ ।’
-
मुख्यमन्त्री वातावरणमैत्री नमूना गाउँ कार्यक्रम
17/09/2020 Duration: 03minस्थानीयले कुनै समस्या देखिए गाउँमै खटिने प्राविधिकको सल्लाह पाउँछन् । कार्यक्रमले किसानलाई उन्नत बालीतर्फ आकर्षित गराएको बताउनुहुन्छ, अर्का किसान शंकर रिजाल ।