Cin News
गायक सुरज पण्डितको प्रेरणादायी सफलता
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:05:14
- More information
Informações:
Synopsis
जुम्लाको मालाभिटमा जन्मनुभएका सुरज पण्डित स्थानीय रत्नचुँडेश्वर माविको वार्षिकोत्सवमा होस् वा बर्सेनि आयोजना हुने रनिङशिल्ड प्रतियोगितामा, ठाडी भाका, नारायण गोपालका गीत गाउन अघि सर्नुहुन्थ्यो । यो कक्षा ७ पढ्दै गर्दाको कुरा, यसैगरी ३ वर्ष बितेपछि २०६८ सालमा सार्वजनिक रुपमा गीत गाउने अवसर पाउनुभयो । सानै उमेरमा मीठो गीत गाउने भएपछि स्थानीय प्रशंसकहरू बढ्दै गए, उहाँमा भने गीत रेकर्ड गर्ने रहर । २०६९ सालमा ५० हजार लिएर काठमाडौँ छिरेकोमा ३५ हजार गीतमा सकियो । जुन गीत ‘माया गर्ने जीवनसाथी’ बोलको थियो । त्यसको एक वर्षपछि फेरि काठमाडौँ आउँदा अघिल्लो पटककोभन्दा १० हजार बढी अर्थात ६० हजार रुपैयाँले ५ महिना मात्रै बस्न मिल्यो । उपलब्धिको रूपमा ‘जोडेउ नाता सिन्दुरको’ बोलको गीत रेकर्ड गरियो, रोशन बुर्थापाको सङ्गीत र सुरजको शब्द अनि स्वरमा । २०७१ सालमा ‘बसेर पिपल चौतारी’, बोलको गीतमा स्वर दिनुभयो भने सुरजले आफ्नै शब्द, सङ्गीत र स्वरमा रेकर्ड गरेको ‘ए मेरी टुल्की’ बोलको गीत एउटा चलचित्रका लागि ९० हजारमा बिक्री भयो । आर्थिक अभावलगायत कारणले कक्षा १२ भन्दा माथि पढ्न नपाए पनि उहाँले पटकपटक गरी करिब १ वर्ष सङ्गीतको कक्षा लिनुभ