Cin News

विद्यार्थी र शिक्षकमा शैक्षिकसत्र बारेको अन्योल

Informações:

Synopsis

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का कृतिका जीसी अर्जुन आवासीय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्नुहुन्छ । अघिल्लो वर्ष कक्षा ७ को दोस्रो परीक्षामा सहभागी हुनुभएका उहाँको यस वर्षको पढाइ सुरु भएको भर्खर ३ महिना भयो । पाठ्यक्रम नसकिएकोले अन्तिम परीक्षामा कसरी सहभागी हुने भन्ने अन्योल रहेको उहाँको भनाइ छ । ‘कुन तरिकाले पठनपाठन गर्ने, कसरी गर्ने भन्ने कुनै जानकारी छैन र तयारी पनि भएको छैन । परीक्षा कहिले हुन्छ ? भन्ने पनि थाहा छैन । शिक्षा मन्त्रालयले हाम्रो समस्या चाँडै समाधान गरोस् ।’ कृतिकाले भन्नुभयो । हिमाली जिल्लामा भने गएको फागुनबाट सुरु भएको शैक्षिकशत्र मंसिरमा सकिनुपथ्र्यो । तर अहिलेसम्म हिमाली जिल्लाका विद्यार्थी अन्तिम परीक्षा दिन पाएका छैनन् । जसका कारण विद्यार्थीमा अन्यौल देखिन्छ । कैलाश माध्यमिक विद्यालय सिँजा जुम्लामा कक्षा ९ मा अध्ययनरत जुनतारा रोकायाले गत साल आफूहरूको परीक्षा मंसिरमा हुने गरेको भए पनि यसपालीको परीक्षाको कुनै टुङ्गो नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाले परीक्षा नतोकिँदा हामी अलमा छौँ । कसरी के गरेर जाने भन्ने पनि अन्यौल नै छ ।’ शैक्षिक शत्र कसरी पूरा हुन्छ भन