Cin News

सरकारले पूर्णता नपाउँदा नीतिनिर्माणमा प्रभाव

Informações:

Synopsis

वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने संविधानको व्यवस्था अनुसार चुनावपछि स्थिर सरकार र प्रशासनको अपेक्षा नागरिकले गरेको भए पनि अहिले सरकार अस्थिर र गठनपुनगर्नठनको खेल चल्दा उनीहरूले प्रभावकारी सेवा पाउन सकेका छैनन् । ३३ दिनअघि लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त हुनुभयो । गठबन्धन दलको भाग पुर्‍याउन मन्त्रालयको सङ्ख्या ९ बाट १३ पुर्‍याउनुभयो । तर अहिलेसम्म पनि ४ मन्त्रालय मन्त्रिविहीन छन् । २ महिनाभन्दा धेरै समय भइसक्दा पनि सङ्घीय मन्त्रिपरिषद्मा १८ मन्त्रालय मन्त्रिविहीन छन् । यसबाट सर्वसाधारण मात्रै होइन, मन्त्रालयका कर्मचारीहरूले पनि दैनिक सेवा लिनदिन समस्या भएको बताउन थालेका छन् । मन्त्री नहुँदा नागरिक, सङ्घसंस्थाका व्यक्ति पटकपटक मन्त्रालयमा धाउन बाध्य छन् भने बक्यौता रकम नपाएका उखु किसानले आफ्नो समस्या सुनाउने मन्त्री भेटाएका छैनन् । पार्टीगत र व्यक्तिगत स्वार्थका कारण दलहरू गैरजिम्मेवार भएको नागरिक समाजका अगुवा देवेन्द्र पाण्डेले सीआईएनसँग बताउनुभयो । केपी ओली नेतृत्वको अघिल्लो सरकार हटाउन काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा, अनि जसपा र एमालेको तत्कालीन असन्तुष्ट पक्षको सहभागिता