Cin News

एक कार्यक्रमबीच आर्थिक सहयोग स‌ङ्कलन अभियान, 'जीवनमा यति धेरै खुसी कहिल्यै भएको थिएन'-दीपिका

Informações:

Synopsis

काभ्रेको मण्डनदेउपुर नगरपालिका १० का दीपक भण्डारी आफ्नो १८ वर्षीय छोरी दीपिकालाई पिठिउँमा बोकेर विद्यालय ल्याउने र पुर्‍याउने गर्नुहुन्थ्यो । दीपिकाको दुबै खुट्टाले शरीरको भार थेग्दैन्थ्यो । आफ्नो छोरीको यो अवस्थाले बुबा दीपकलाई निकै चिन्तित बनाएको थियो । ‘कहीँकतैबाट सहयोग मिल्छ कि भन्दै नगरपालिका, रेडक्रस लगाएत विभिन्न संघसस्थामा सहयोग मागेँ ,व्यक्तिहरूले पनि धेरैले सहयोग गर्छु भने तर कसैले पनि सहयोग गरिदिएनन् ।’ दीपिकाको बुवाले भन्नुभयो । गत साउन १५ गते, काभ्रेको रेडियो रोशीले दीपिकालाई ह्लिचियरको अभावमा विद्यालय आउनजान समस्या भएको बारेमा तयार पारेको रिपोर्ट सीआईएनबाट प्रसारण भयो । उक्त रिर्पोटमा दीपिकाले भन्नुभएको थियो ‘एउटा ह्लिचियर मात्र भए खाजा समयमा अरु साथीहरूसँग बाहिर निस्कन सजिलो हुने थियो ।’ रिपोर्ट सुनेर भक्तपुरका गोकर्ण तिमल्सिनाले दीपिकालाई जसरी पनि सहयोग गर्ने अठोट गर्नुभयो ।