Cin News

नेपालमा गलैँचा उत्पादन र निर्‍यात बढ्यो

Informações:

Synopsis

कोरोना महामारीका कारण नेपालको व्यापार, व्यवसाय, रोजगारीका सबै काम ठप्प भए । आर्थिक तथा व्यावसायिक काम अघि बढ्न नसके पनि गलैँचा उद्योगका श्रमिकले काम र दाम दुवै पाएका छन् । काममा कुनै अवरोध नभएपछि गत वर्ष गलैँचा निर्यात बढेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । १७ वर्षको उमेरमा गलैँचा कारखानामा प्रवेश गर्नुभएका श्याममाया तामाङ अहिले ५० वर्षको हुनुभयो । उहाँ श्रीमानसँगै एउटै तानमा गलैचा बुन्नुहुन्छ । कोरोनाले सबैको रोजगारी खोसिएको सुन्नुभएका उहाँले आफ्नो रोजगारी भने गुमाउन परेन । तामाङ भन्नुहुन्छ, ‘कोरोनाको बेला पनि हामीले सँगै सधैँ काम गरेका छौँ । गलैँचा बुन्न सिकेदेखि अहिलेसम्म खाली हात बस्नुपरेको छैन ।’ अधिकांश गलैँचा कारखानाले श्रमिकका लागि कारखाना क्षेत्रभित्र आवासको व्यवस्था गर्ने गर्छन् । त्यसैले पनि श्रमिकहरू बाहिर जानुपर्दैन, नियमीत काम चलिरहन्छ ।