Cin News
अबको ५ महिनाभित्र विद्युतीय बस चल्ला ?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:03:42
- More information
Informações:
Synopsis
साझा यातायात सहकारी संस्थाले अबको ५ महिनाभित्र विद्युतीय बस सञ्चालन गर्ने जनाएको छ । सरकारले विद्युतीय बस खरिद गर्न सेयर लगानीका रूपमा साझा यातायात सहकारी संस्थालाई २०७६ असोज ३० गते तीन अर्ब उपलब्ध गराएको थियो । बीचमा रोकिएको खरिद प्रक्रिया २०७७ माघ २६ गतेको मन्त्रिपरिषद् बैठकले खुल्ला गर्ने निणर्य गरेपछि ४० वटा बस खरिद गर्न गत वर्षको चैत्र १३ गते बोलपत्र आह्वान गरेको छ । सोही अनुसार ९ वटा चिनिया कम्पनी विद्यूतिय बस खरिदका लागि इच्छुक देखिएका छन् । साझा यातयात सञ्चालक सदस्य भुषण तुलाधारले खरिद प्रक्रिया पुरा गर्न करिव १ महिना लाग्ने र त्यसपछिको ४ महिनामा कम्तिमा ३ वटा बस ल्याउने जानकारी दिनुभयो । तुलाधारले भन्नुभयो, ‘ती ३ वटा बसको परिक्षण सफल भएमा अर्को ४ महिनामा ४० वटै बस ल्याएर सञ्चालन गर्नेछौँ, बाँकी बस क्रमश खरिद गर्दै जाने साझा यातयातको योजना छ ।' सरकारले विद्युतिय सवारी साधनलाई प्राथमिकतामा राख्ने निणर्य गरिसकेको छ । सोही अनुसार २०७५ पुसमा नै कम्तिमा ३ सय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीतिगत निणर्य गरेको थियो । विद्युतीय बस वातावरणमैत्री र अपाङ्गमैत्री हुने भएकाले पनि यसको प्रयोगमा जोड दिनुपर्ने लल