Cin News
सुदूरपश्चिमका झण्डै ३ लाख नागरिक पिउने पानीको अभावमा
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:03:51
- More information
Informações:
Synopsis
सुदूरपश्चिम प्रदेश सरकारका अनुसार प्रदेशमा २५ लाख ५२ हजार ५ सय जनसङ्ख्या छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेशका झण्डै ८९ प्रतिशत मानिस आधारभूत पिउने पानीको पहुँचमा छन् भन्ने दाबी गर्छ । सरकारकै दाबीलाई मान्ने हो भने पनि झण्डै २ लाख ८० हजार ७ सय नागरिक आधारभूतस्तरको पिउने पानीको पहुँचमा छैनन् । आधारभुत पिउने पानीको पहुँच पुगेका भनिएका मध्ये पनि झण्डै ५० प्रतिशत नागरिकले स्वच्छ र सफा पिउने पानी पाएका छैनन् । दैनिक रुपमा सुक्दै गएका पानीका मुहानका कारण पिउने पानीको खोजीमा परिवारका सदस्य लागिरहन पर्दा श्रम शक्ति तथा समयसँगै महिलाको स्वास्थ्य र सरसफाइमा पनि प्रतिकुल असर परिरहेको छ । यसले दिगो विकासको लैङ्गिक समानता, स्वस्थ जीवन शैली र सम्मुनत समाज निर्माणको लक्ष्यमा पनि प्रभाव पार्ने देखिन्छ । प्रदेशका नागरिक सबैमा पिउने पानीको सहज पहुँच पुराउन सकिएन भने दिगो विकासको लक्ष्य हासिल गर्ने काम चुनौतिपुर्ण बन्दै जाने विज्ञहरू बताउँछन् ।