Cin News

पर्वतको महाशिलामा व्यावसायिक चिया खेती

Informações:

Synopsis

महाशिला गाउँपालिकाले चियाको प्रचारात्मक अभियानसमेत चलाएको छ । ‘अहिले हामीले यहाँका सरकारी कार्यालय, विद्यालय र होटलमा यहीँ उत्पादित चिया प्रयोग गर्न अनिवार्य गरेका छौँ ।,’ महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेलले भन्नुभयो,’ चिया खेतीले हामी उत्साहित छौँ । यसको स्वाद पनि गुणस्तरीय पाइयो । १८ सय मिटरको उचाइमा रहेको महाशिला गाउँपालिकामा चियाका लागि उपयुक्त हावापानी रहेको कृषि प्राविधिक बताउँछन् । तर संरक्षण,प्रवद्र्धन, प्रसोधन तथा वितरणमा प्रदेश र सङ्घ सरकारको सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ । ‘यो सानो लगानी र सानो क्षेत्रमा गरेर फाइदा हुने रहेन्छ ।,’ कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले भनिन्,‘ यसलाई प्रसोधन देखि बजारीकरण सम्मको संरचना विकास गर्न ठूलो खर्च आवश्यक पर्ने भएकाले प्रदेश र सङ्घ सरकारले पनि सघाउनुपर्ने आवश्यक देखिन्छ ।’ चियाखेतीको क्षेत्र विस्तार भएर व्यावसायिक उत्पादन गर्न सके स्थानीयस्तरमा रोजगारी सृजना हुने र मनग्ये आर्थिक उपार्जन हुने स्थानीयको अपेक्षा छ । स्थानीय फुलमाया नेपालीले परम्परागत बालीभन्दा चियामा दोब्बर आम्दानी हुने आशा रहेको सुनाउनुभयो । बाँझो रहेको जमिन गाउँपालिकाले भाडामा ल