Cin News

कतै बाघभालुको डर, कतै प्यास नबुझ्ने पीर

Informações:

Synopsis

नमोबुद्ध नगरपालिकाको मेथिनकोटका मीनबहादुर श्रेष्ठका अनुसार स्थानीय सरकार आएपछि गाउँमा धेरैले पानीको समस्या समाधान होला भन्ने सोचेका थिए । तर जनप्रतिनिधिको पाँच वर्षे पहिलो कार्यकाल सकिँनै आँट्यो, पर्याप्त पानी नपाउँदाको पीडा थपिँदै गएको छ । ‘यिनै नेताहरूले पानी ल्याउँछु भनेको चार वर्ष पूरा भइसक्यो तर पानी पाइएको छैन।’ आँखाभरि आँसु ल्याउँदै श्रेष्ठले थप्नुभयो, ‘पानी ल्याउनका लागि भुराभुरी १ घण्टाको बाटो कुद्नुपर्छ । चार दिनसम्म पनि पानी नपाएर बस्नुपरेको छ ।’ नमोबुद्ध नगरपालिकामा मात्रै झन्डै सातवटा बस्तीमा खानेपानीको समस्या छ । समाधानका लागि भइरहेका काम कहाँ पुगे ? जवाफ दिँदै नगरप्रमुख टीपी शर्मा तिमल्सीनाले ‘एक घर एक धारा’ को अवधारणा ६० प्रतिशत पूरा भएको बताउनुभयो ।