Cin News

काठमााडौँ एयरपोर्टमा ट्याक्सीदेखि सावधान !

Informações:

Synopsis

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ट्याक्सीबाट ठगिने क्रम नरोकिएको यात्रुहरूले गुनासो गरेका छन् । सरकारले मिटर जडित ट्याक्सीको भाडा दर प्रतिकिलोमिटर ३९ रुपैयाँ तोके पनि अधिकांश ट्याक्सी चालकले मिटरमा जान अटेर गर्दै आएका छन् । ऐन्, कानूनमा भएको व्यवस्था अनुसार सरकारले मापदण्ड बनाएर भाडा निर्धारण गरे पनि ठगिने क्रम नरोकिएको उनीहरूको गुनासो छ । काठमाडाँ उपत्यकासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ट्याक्सी चालकले भाडाको विषयमा अनावश्यक मोलमोलाइ गर्ने गरेका छन् । जहाजबाट आफन्त भेट्न काठमाडौँ आउनुभएका चितवनका ललिता राईले ट्याक्सी चालकले दोब्बर भाडा असुल्न खोजेको बताउनुभयो । ट्याक्सीमा हुने ठगी रोक्न सरकारले उठेको भाडा प्रिन्ट गर्ने मेसिन ५ वर्षअघिदेखि जोड्न सुरु गरेको थियो । तर यो मेसिन जोड्न सबै ट्याक्सी चालक तयार भइसकेका छैनन् । विमानस्थलमा भेटिनु भएका एक जना ट्याक्सी चालक ठाकुर विश्वकर्माले भाडादर ट्याक्सी चालक अनुसार फरक पर्ने बताउनुभयो ।