Cin News

सहिदको सम्मान र सम्झनामा सरकारले वास्ता नगरेको गुनासो

Informações:

Synopsis

आज माघ १६ अर्थात, सहिद दिवस । राणा शासनविरुद्ध र प्रजातन्त्रको पक्षमा आवाज उठाएकै कारण मृत्युदण्ड दिईएका ४ सहिदको सम्झनामा दिवस मनाउने गरिएको छ । देशको व्यवस्था फेरिदै जाँदा सहिदको सूची पनि लम्बिदै गएको छ । प्रजातन्त्र प्राप्तीका लागि सहिद बनेका परिवारका सदस्य भने सहिदको उचित सम्मान र सम्झना नभएको गुनासो गर्छन् । सहिद धर्मभक्त माथेमाका नाती विनयकुमार माथेमाले जथाभावी सहिद घोषणाले वास्तविक सहिदको अपमान भएको बताउनुहुन्छ । प्रजातन्त्रको स्थापना र राणा शासन अन्त्यका लागि आवाज उठाएका धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, र शुक्रराज शास्त्रीलाई वि.सं. १९९७ सालमा राणाशासकले मृत्युदण्ड दिए ।