Cin News

नायक राजेश हमालको यात्रा अब गायनतिर पनि

Informações:

Synopsis

३ वर्षअघि सीआईएनसँगको कुराकानीमा भनिए जस्तो हुन्थ्यो, भने हिजोआज राजेश हमालले निर्देशन गरेको चलचित्रको बारेमा बहस भइरहेको हुन्थ्यो । तर कोरोना महामारीका कारण चलचित्र निर्माण, निर्देशन गर्ने हमालको योजना अघि बढ्न सकेन । ‘मेरो उद्देश्य समाजमा विभिन्न स्वाद भएका मानिस र बहुसङ्ख्यक नागरिकको प्रतिनिधित्व गर्दै चलचित्र बनाउँछु भन्ने सोचेको थिएँ । कोरोनाले अझैँ त्यसमा हात हाल्न सकेको छैन ।’ हमालले भन्नुभयो । तर पनि उहाँको सक्रियता भने यति छ कि बिहान सबेरैदेखि साँझ अबेरसम्म व्यस्त । केही चलिचत्रमा अनुबन्ध भए पनि विभिन्न विषयका गीतको भिडियोमा धेरै काम गर्नुपरेको उहाँ सुनाउनुहुन्छ । बितेको २ वर्षमा २ दर्जनभन्दा बढी गीतमा काम गर्दा हमाललाई लाग्न थाल्यो कि मौका पाए अब गीत पनि गाउनुपर्छ । पेसागत हिसाबले आफू कलाकार नै भए पनि गीत गाउने शोख भएको उल्लेख गर्दै हमालले साथीभाइले उत्साह थपेका कारण गीत गाउन थालेको बताउनुभयो । निर्माता, निर्देशक, सङ्गीतकार तथा गायकहरूसँग शोखका रुपमा मात्र गाउने चाहाना राखे पनि हिजोआज पालैपालो नयाँ गीत गाउनुपर्ने अवस्था आइलागेको छ । केही दिन अघि २ घण्टा लगाएर काठमाडौँको एउटा रेकर्डिङ स्टुडियोमा उहाँ