Cin News
देशभर ३५ हजारभन्दा बढी कर्मचारी अभाव
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:03:10
- More information
Informações:
Synopsis
कालिकोटको महावै गाउँपालिकाले बितेको साढे ४ वर्षमा ३ महिनामात्रै प्रमुख प्रशासकीय अधिकृत पायो । त्यसयता प्रमुख प्रशासकीय अधिकृतसहित गाउँपालिकाको सबै पद निमित्तको भरमा चलिरहेको छ । पालिकामा भएको एकजना सहलेखापालले २ वटा पालिकाको लेखा शाखा चलाइरहनु परेको छ । “बडो कष्टसाथ ५ वर्ष बिताइयो । कर्मचारी अभावले धेरै काम गर्न सकिएन ।” पालिका उपाध्यक्ष मनराज शाहीले भन्नुभयो । सुदूरपश्चिम प्रदेशमा २ जना सचिवसहित कुल दरबन्दीको ४० प्रतिशत पद रिक्त छ । एक वर्षअघि स्थापना भएको प्रदेश लोकसेवा आयोगले पदपूर्तिको काम अघि बढाउन सकेको छैन । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नवराज ओझाले ऐन नबन्दा प्रदेशमा थपिएका मन्त्रालयका लागि नयाँ पद सिर्जना गर्नसमेत नपाएको बताउनुभयो । बागमती प्रदेश सरकार र मातहतका निकायमा पनि ४० प्रतिशत र देशभर ३५ हजारभन्दा बढी कर्मचारीको अभाव छ । यसको मुख्य कारण हो, सङ्घीय निजामती सेवा ऐनको अभाव ।