Cin News
उखु उत्पादन ५० प्रतिशतले किन घट्यो ?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:03:19
- More information
Informações:
Synopsis
महोत्तरी गौशालाका तनुक लाल महतोको पुख्र्यौली पेशा उखु खेती हो । तर, अब विस्तारै उहाँ उखु खेतीको विकल्प खोज्न थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘यो वर्ष ५० प्रतिशतले उखु उत्पादन घटेको छ । पहिला पहिला १० विगहा जतिमा खेती गर्थे । तर, समयमै पैसा नपाएपछि उखु खेती गर्ने क्षेत्रफल घटाउन थालेको हुँ । त्यसमाथि लगाएको उखुमा यो वर्ष असार/साउनताका नै किरा लाग्यो । झन् उत्पादन घटेर गएको छ ।’ हरेक वर्ष ३ देखि ४ विगाह क्षेत्रफलमा उखु खेती गर्दै आउनुभएका नवलपरासीका गोपाल यादवले पनि यस वर्ष कम मात्रै क्षेत्रफलमा उखु खेती गर्नुभयो । उखु पनि कम उत्पादन भएको छ । ७/८ विगहा क्षेत्रफलमा उखु खेर्ती गर्दै आउनुभएका यादवले यो वर्ष ३ विगहा क्षेत्रफलमा मात्रै उखु खेती गर्नुभएको छ । सरकारले उखु किसानको समस्या सम्बोधन गर्न नसक्ने, लागत अनुसारको समर्थन मूल्य नतोक्ने अनि चीनि मिलले पनि समयमै भुक्तानि नगरिदिँदा उखु खेती गर्न कम गरेको उहाँको भनाइ छ । यादव भन्नुहुन्छ, ‘उखु खेती गर्ने किसानको पीडा बुझेर सरकारले मूल्य तोक्दैन । जसका कारण समस्या छ भने नगदेबाली भनिएको उखु सँधै ऋणमै जाने गरेको छ । त्यसकारण अब उखु खेतीको विकल्प सोच्दैछु । उखुको सट्टा म