Cin News

दलहरूले चुनावको खर्च किन लुकाउन खोजिरहेका छन् ?

Informações:

Synopsis

प्रमुख प्रतिपक्षी दल नेकमा एमालेले १० औँ महाधिवेशनका लागि हरेक क्रियाशील सदस्यले १ रुपैयाँ जम्मा गर्ने अभियान चलायो । यसबाट ८ करोड रकम उठाउने योजना पार्टीको थियो । त्यसबाहेक पार्टी सदस्यतावापतको २ करोड २५ लाख रुपैयाँ पनि उठेको थियो । चितवनमा महाधिवेशन सकिएको डेढ महिना बितिसक्दा पनि हिसाब भने सार्वजनिक गरिएको छैन । एमाले पार्टी कार्यालय सचिव डा. भिष्म अधिकारीले महाधिवेशनमा भएका खर्चको बिल सङ्कलको काम भइरहेको र चाँडै खर्च सार्वजनिक गर्ने बताउनुभयो । उहाँले महाधिवेशनबाट उठेका रकम केमा र कति खर्च भयो, कतिको पैसा तिरियो र कति तिर्न बाँकी छ, त्यो सबै सङ्कलन गरेर मात्रै महाधिवेशनको खर्च सार्वजनिक गरिने जानकारी दिनुभयो । कुनै पनि दलले महाधिवेशनको खर्च र आम्दानीको हिसाब सार्वजनिक गर्ने विषय विधानमा लेखेका छैनन् ।  त्यसैले पनि उनीहरूलाई समयमै देखाउनुपर्ने नैतिक दवाव छैन । काठमाडौँमा ३ करोडभन्दा बढी रकमबाट महाधिवेशन गर्ने राप्रपाको योजना कति सफल वा अपुग भन्ने हिसाब ४५ दिनभन्दा धेरै समय बित्दा पनि खुलाइएको छैन ।