Cin News
अनि 'सुन्तलाबास' भयो पाल्पाको अमलबास गाउँ (अडियोसहित)
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:03:07
- More information
Informações:
Synopsis
पाल्पा सदरमुकाम तानसेनबाट २७ किलोमिटर पश्चिममा पर्छ, ‘अमलाबास’ गाउँ । यो गाउँमा ४० घरपरिवार बस्छन् । स्थानीय यमलाल कोइरालाले ४० वर्षअघि सुरु गरेको सुन्तला खेती अहिले यो गाउँको मुख्य आम्दानीको स्रोत बनेको छ । हिजो मकै र भटमास लगाइन्थ्यो । अरु कुनै पनि जातको बाली हुँदैनथियो । अहिले यो डाँडा ‘सुन्तलाबास’ बनेको छ । सबैले सुन्तला लगाएका छन् । यस्तो पहेँलपुर भएको बेलामा देखेर यमलाललाई निकै खुसी लाग्छ । सुन्तला खेती, गाउँको आम्दानीको स्रोत मात्रै होइन परिचय पनि हो । ‘अमलाबास’ लाई अहिले ‘सुन्तलाबास’ को नामले पनि चिन्न थालिएको छ । गाउँका सबैको बारीमा सुन्तला बगान छ । करिब १२ सय रोपनी क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । जहाँबाट प्रत्येक वर्ष ११ हजार क्विन्टल सुन्तला उत्पादन हुन्छ भने सुन्तला विक्री गरेर मात्रै गाउँमा वार्षिक २ करोडभन्दा धेरै रकम भित्रिने गरेको छ । सुन्तला खेती गाउँको समृद्धी र पर्यटन विस्तारको आधार बन्दै गएको छ । युवाहरू मेहनेतका कारण गाउँको मुहार फेरिएकोमा पाका पुस्ताका जति दङ्ग छन् ।