Cin News
भेडापालनबाट कसरी समृद्ध बन्यो जुम्लाको 'लर्मी गाउँ'?
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:03:03
- More information
Informações:
Synopsis
तिला गाउँपालिकाको केन्द्रबाट कर्णाली राजमार्गलाई तल छोडेर १ घण्टा उकालो हिँडेपछि पुगिन्छ, जुम्लाको लर्मी गाउँ । भिरालो जमिन, खैरो माटो । बोटबिरुवा त्यति देखिँदैन । अग्लाअग्ला भीरको बीचमा छ, तिला गाउँपालिका वडानम्बर २ को लर्मी गाउँ । ‘माथि लेकलेकमा पानी भइदिए कति राम्रो हुने थियो । त्यहाँबाट ट्याङ्की बनाएर पनि ल्याउन सजिलो हुन्थ्यो ।’ स्थानीयबासी पानीको जोह गर्न सकिने कल्पना यही गाउँमा बसेर गर्छन् । पाखोबारीमा उत्पादन राम्रो हुँदैन । वर्षभरि काम गर्यो । खान पुग्थ्यो ३ महिना । भूगोलका हिसाबले विकटमा रहेको यो गाउँ उत्पादनका हिसाबले पनि पछि परेको थियो । गहुँ, जौँ, मकै, कोदो, सिमी, फापर लगायतका बाली लगाए पनि अपेक्षा गरेअनुसारको उत्पादन हुँदैन । तर गाउँमा पाँच वर्ष अगाडि दामा रावतले व्यावसायीक रूपमा थालेको भेडा पालन व्यवसाय अहिले गाउँकै आम्दानीको आधार बनेको छ । लर्मी गाउँमा ८० घर परिवारको बसोबास छ । जहाँ करिब पाँच सय नागरिक छन् । गाउँका ५० घरपरिवारले भेडा पालेका छन् । हिउँदको यो समयमा गाउँका मानिसहरू ५ महिना अघि काटेको भेडाको उनबाट राडीपाखी बुन्न व्यस्त छन् । घरघरमा भेडाको उनबाट कपडा बुन्ने चान (तान) बनाइएको छ ।