Cin News

चुनावमा सहभागिता बढाउन अपाङ्गता भएकाहरूको माग

Informações:

Synopsis

नेकपा माओवादी केन्द्रमा आवद्ध हुनुभएका सिन्धुलीका बिरु लामा यसपटक कमलामाई नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदको उम्मेद्वार बन्ने तयारी गर्दै हुनुहुन्छ । उहाँलाई पार्टीले टिकट दिने कुरामा शङ्का छैन । तर खर्चको विषयमा भने चिन्ता छ । ‘विपक्षी उम्मेद्वारले पाँच लाख रुपैयाँ लिएर चुनावी मैदानमा आउँछ भने मैले पनि त्यही हाराहारीमा खर्च गर्नुपर्छ । योचाहिँ गलत हो ।’ तामाङले भन्नुभयो । अपाङ्गता भएका व्यक्तिलाई शारीरिक हिसाबले प्रचारप्रसारदेखि अरु व्यवस्थापनका काममा तुलनात्मक रूपमा समस्या हुन्छ । पार्टीले टिकट दिने विषयमै अर्को तनाव त्यसमा पनि आर्थिक भार थपिँदा झनै समस्या हुने अपाङ्गता भएका व्यक्तिहरूको भनाइ छ । जोहना प्रसाद थारु बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ बाट वडा सदस्य पदका लागि नेकपा एमालेको तर्फबाट सिफारिसमा पर्नुभएको छ । निर्वाचनमा विजयी भए आफूले गर्ने कामबारे उहाँले योजना पनि बनाइसक्नुभएको छ । अपाङ्गता भएका व्यक्ति स्वयं अघि बढिरहेका छन् भने उनीहरूलाई धेरै सङ्ख्यामा जिताउने गरी राजनीतिक दल अन्तगर्तको भ्रातृ सङ्गठनहरूले पनि दवाव दिइरहेका छन् । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय अपाङ्गता सङ्गठन नेप