Cin News

विलासी सामग्रीको खरिद बढ्दा अर्थतन्त्रमाथि दवाव

Informações:

Synopsis

देशमा वार्षिक करिब ८४ हजार मेट्रिक टन स्याउ खपत हुन्छ । नेपालमा उत्पादित स्याउले बजार पाउँदैन, तर चीन, भारत, अमेरिका र इन्डोनेसिया लगायत देशबाट वार्षिक अर्बौँको स्याउ भित्रिन्छ । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै पाँच अर्ब सात करोडको स्याउ आयात भएको छ । धानमा आत्मनिर्भर बन्ने सरकारी लक्ष्य छ, तर चालु अर्थिक वर्षमा मात्रै १५ अर्बको धान र २२ अर्ब ७५ करोडको चामल भित्रिएको छ । नेपालमा फलेका तरकारी र फलफूले बजार नपाउँदा वार्षिक खर्बौँको विदेशमा फलेका तरकारी नेपाल ल्याउने अवस्था रहेको केन्द्रीय फलफूल तरकारी थोक बजार व्यावसायी सङ्घका अध्यक्ष राजन न्यौपाने बताउनुभयो । अत्यावश्यक र आवश्यक मात्रै होइन, विलासी सामग्रीका आयत पनि उत्तिकै बढिररहेको छ । गरगहना, बनिबनाउ खालका लुगाफाटो, तयारी खाना, सजावटका सामग्री, सवारीसाधनका पाटपुर्जादेखि सुनचादीसम्मको आयत बढ्दा नेपाली रकम बाहिरिरहेको छ । पछिल्लो ८ महिनामा सवारी साधन र यससम्बन्धी पाटपूर्जा आयातमा मात्रै झण्डै ७६ अर्व रुपैयाँ बाहिरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।