Cin News

रासायनिक मलको अभाव बाजुराबासीको 'अवसर' (अडियोसहित)

Informações:

Synopsis

बाजुरा सदरमुकाम मार्तडीमा स्थानीय लालबहादुर खड्का करेसाबारी खन्दै गरेको अवस्थामा भेटिनुभयो । आलु लगाइसकेको बारीमा मकै र भटमास रोप्ने उहाँको तयारी छ । त्यसैका लागि माटोमा गोठेमल मिसाउन थाल्नुभएको रहेछ । गोठे मलले माटो पनि मलिलो बनाउने अनि उत्पादन पनि राम्रो हुने भएका कारण रासायनिक मलप्रति नलागेको उहाँको भनाइ छ । ‘प्राङ्गारिक मलले माटोलाई पोषक तत्व दिन्छ भन्ने सुन्दै जन्मिएँ । दैनिक रूपमा उपभोगका लागि दूध लगाउने गरेकै स्थानबाट मागेर बारीमा गोठे मलको प्रयोग गरिरहेको छु ।’ लालबहादुरले थप्नुभयो । बाजुराकै बडीमालिका नगरपालिका २ का शर्मिला सागरले पनि खेतबारीमा अहिलेसम्म रासायनिक मल प्रयोग गर्नु भएको छैन । कारण बारे उहाँले भन्नुभयो,‘गाइभैँसीको मल नै राम्रो हुन्छ भन्ने हामीले सुनेका छौँ । स्याउला सोत्तरलाई खाल्डोमा कुहाएर नै मल उत्पादन गर्दै आएका छौँ ।’